logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आउँने हप्ता ७ दिन सार्वजनिक बिदा हुने

    • hamroserophero hamroserophero
    • १० फाल्गुन २०८२ आईतवार
    आउँने हप्ता ७ दिन सार्वजनिक बिदा हुने

    १० फागुन काठमाडौं , निर्वाचन आयोगले निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिन सिफारिस गरेसँगै आउँदो हप्ता लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन यही फागुन २१ गते हुँदै छ ।

    जसअनुसार आयोगले फागुन २० बुधबारदेखि २२ गते शुक्रबारसम्म ३ दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । उक्त सिफारिसबमोजिम मन्त्रिपरिषद् बैठकले चुनावका लागि फागुन २०, २१ र २२ गते ३ दिन सार्वजनिक दिएमा आगामी हप्ता लगातार ७ दिन सार्वजनिक बिदा हुने भएको छ ।

    यस वर्षको होली/फागु पूर्णिमा पनि आउँदो हप्ता परेको छ । जसअनुसार सरकारले होली/फागु पूर्णिमाको अवसरमा पहाडमा १८ गते सोमबार र तराईमा १९ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । यसको भोलिपल्ट २० गते बुधबारदेखि २२ गते शुक्रबारसम्म निर्वाचनका लागि बिदाको सिफारिस भएको छ ।

    फागुन २३ गते शनिबार सार्वजनिक बिदा नै भयो भने आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा दिएको छ । यसर्थ आयोगको सिफारिस अनुसार सरकारले निर्णय गरेमा आउँदो सोमबार (फागुन १८)देखि आइतबार (फागुन २४)सम्म लगातार ७ दिन सार्वजनिक बिदा हुनेछ ।



    hamroserophero hamroserophero    
  • १० फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP