logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • रामेछापकाे मन्थली नजिक बस दुर्घटना, ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत

    रामेछापकाे मन्थली नजिक बस दुर्घटना, ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत

    रामेछाप । रामेछापकाे सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत भएको छ ।

    ज्यान गुमाउनेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए । ज्यान गुमाएका दुई जनाकाे सनाखत हुन बाँकी छ ।

    रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार बस दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटमा रहेकाे शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बसका बाँकी यात्रुको अझै खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

    काठमाण्डाैबाट ओखलढुङ्गाका लागि छुटेकाे अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार सडकबाट तल तामाकोशी नदीमा खसेको थियाे ।



    hamroserophero hamroserophero    
  • २८ माघ २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP