logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेपाली आमा र भारतीय बुवाबाट जन्मेका युवकले नागरिकता पाए

    नेपाली आमा  र भारतीय बुवाबाट जन्मेका  युवकले नागरिकता  पाए

    ११ माघ -नवलपरासी, भारतीय बुवा र नेपाली आमाबाट जन्मेका एक युवकलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नागरिकता प्रदान गरेको छ ।

    देवचुली नगरपालिका–१३ निवासी मिसन गौतमलाई जन्म दिने आमाको प्रमाणका आधारमा नागरिकता दिइएको हो । उनलाई नागरिकता ऐनमा भएको पछिल्लो संशोधनका आधारमा जिल्लाबाट यस्तो प्रकारको नागरिकता दिइएको यो पहिलो हो ।

     

    मिसनका बुवा मिथुन भमिक हुन् । उनी भारत पश्चिम बंगाल प्रदेशका नागरिक हुन् । मिसनलाई दिइएको नेपाली नागरिकतामा उनका बुवाको ठेगाना भारत पश्चिम बंगाल रहेको उल्लेख छ । मिसनकी आमा नेपाली संगीता गौतम हुन् । मिसन गौतमलाई अंगीकृत नागरिकता प्रदान गरिएको हो ।

    बुवा विदेशी रहेको प्रमाणका आधारमा पनि नागरिकता दिन सकिने भन्ने पछिल्लो नागरिकता नियमावलीमा रहेको व्यवस्था अनुसार उनलाई नागरिकता दिइएको अर्यालले जानकारी दिए । आमा नेपाली रहेको र बुवाको अत्तोपत्तो नभएको व्यक्तिले समेत संशोधित नियमावली अनुसार नागरिकता पाउने व्यवस्था रहेको अर्यालले जानकारी दिए ।



    hamroserophero hamroserophero    
  • १२ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP