logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • आज शेयर बजार ९.९३ अंकले बढ्यो

    आज शेयर बजार ९.९३ अंकले बढ्यो

    २२ पुष- काठमाडौं, मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । आज मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो ।

    आज सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ ।

    आज मंगलबार ३३४ वटा स्टकको ८८ हजार ३६२ पटकको कारोबारमार्फत ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।



    hamroserophero hamroserophero    
  • २२ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP