logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • ओलीसँग काँग्रेसका खड्का र लेखकले गुण्डु पुगेर गरे छलफल

    ओलीसँग काँग्रेसका खड्का र लेखकले गुण्डु पुगेर गरे छलफल

    २१ पुष- काठमाडौं, नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडका र रमेश लेखकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

    अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खड्का र लेखक ओली निवास गुण्डु नै पुगेका थिए । भेटमा समासामायिक साथै निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।

    भेटमा राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। सिट बाँडफाँडबारे पनि लगभग कुरा मिलिसकेको बताइएको छ ।

    जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ।



    hamroserophero hamroserophero    
  • २१ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP