logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    २८ मंसिर- काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय ईमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP