logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • गेटमै जेनजी घाइते युवाहरूले धर्ना दिएपछि भित्र छिर्न पाए

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    गेटमै जेनजी घाइते युवाहरूले धर्ना दिएपछि भित्र छिर्न पाए

    २८ मंसिर- काठमाडौं, सिंहदरबारको दक्षिण गेटमै जेनजी घाइते युवाहरूले धर्ना दिएपछि भित्र छिर्न पाएका छन् । आइतबार अपांग कार्डले भित्र छिर्नलाई काम नगरेको भन्दै आक्रोशित बनेका जेनजी घाइतेहरूले केहीबेर धर्ना दिएपछि अर्थमन्त्रीलाई भेट्न गएका हुन् ।

     

    काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, घाइते जनेजीहरूलाई समन्वय गरेर सिंहदरबारभित्र प्रवेश गर्न दिइएको छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा दुई हजारभन्दा बढी जेनजी युवाहरू घाइते भएका थिए ।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP