logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्ष पछि पक्राउ

    २७ मंसिर- पर्सा, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-२ बस्ने ५४ वर्षीय बिनोद पटेल भन्ने बिनोद प्रसाद कुर्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    साविक लिपनी विर्ता गाविस-८ पटेलनगर बस्ने २३ वर्षीय सुरेश भन्ने राम प्रसाद पटेलको २०६३ असोज ५ गते हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२१ बाट पक्राउ गरेको हो ।

     

    उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP