logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • जबजरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    जबजरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    २७ मंसिर- दैलेख, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुल्लु नगरपालिका-७ खेतगाउँ बस्ने ६५ वर्षीय ईन्द्र देब गिरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

     

    झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-८ डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तवीरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP