logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • समय खेर नफाली काम गर्ने छुः श्रममन्त्री राजेन्द्रसिंह भण्डारी

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    समय खेर नफाली काम गर्ने छुः श्रममन्त्री राजेन्द्रसिंह भण्डारी

    २६ मंसिर- काठमाडौं, शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथग्रहण गरेपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफू पूर्व प्रहरी कर्मचारी भएकाले सम्पूर्ण अनुभवका आधारमा श्रम रोजगार क्षेत्रमा देखिएका संगठित जालोलाई तोड्न प्रयास गर्ने बताएका छन ।

    जेन–जी आन्दोलनमा युवाका साथै प्रहरी समेत प्रभावित भएकाले दुई पक्षमा भएको पीडा र क्षतिलाई ध्यान दिएर काम गर्ने उनले बताए । हरेक प्रहरी दमनकारी नहुने र हरेक जेन-जी विध्वंसकारी नहुने भनेर महसुस गराउनुपर्नेमा जोड दिए । श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर अघि बढ्ने उनले भनाई छ ।

    उनले आफ्नो कार्यकाल छोटो रहेकाले समय खेर नफाली काम गर्ने उल्लेख गरे ।



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP