logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • कक्षा १० की एक छात्रालाई कपडा खोल्न भनेपछि हंगामा

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    कक्षा १० की एक छात्रालाई कपडा खोल्न भनेपछि हंगामा

    २५ मंसिर – भारत, एक निजी विद्यालयमा प्रि–बोर्ड परीक्षाको दौरान कक्षा १० की एक छात्रालाई यस्तो अमानवीय व्यवहारको घटना बडवानी जिल्ला मुख्यालयबाट बाहिर आएको छ। घटना सार्वजनिक भएपछि बुधबार विद्यालयमा हंगामा मच्चिएको थियो। परीक्षाका दौरान नकल गरेको शंका लागेपछि ड्युटीमा रहेकी महिला शिक्षिका पूजा सोलंकीले छात्रासँग कपडा उतार्न लगाएको आरोप छ।

     

    छात्राले घर पुगेपछि यो घटना आफ्ना अभिभावकलाई सुनाएपछि अभिभावकहरू बिहीबार विद्यालय पुगे र शिक्षिका तथा व्यवस्थापनसँग जवाफ मागे। अभिभावकहरूको आरोप छ— उनीहरू करिब दुई घण्टा पर्खिए, तर न शिक्षिका बाहिर आइन्, न विद्यालय व्यवस्थापनले कुनै स्पष्ट जवाफ दियो।

     

    घटना फैलिनासाथ ब्द्यख्ए का कार्यकर्ता र अन्य हिन्दू संगठनका सदस्यहरू विद्यालय पुगे। आरोपहरूलाई लिएर संगठनहरूले विद्यालय व्यवस्थापनविरुद्ध नाराबाजी गरे र छात्रालाई न्याय दिलाउन माग गरे। यहीक्रममा आक्रोशित अभिभावकहरूले विद्यालयमा तोडफोड गरे।

     

    ब्द्यख्ए नेता राहुल बण्डोलेका अनुसार चेकिङको क्रममा शिक्षिकाले छात्रालाई कपडा उतार्न भनेकी थिइन्। छात्राले विरोध गरेपछि शिक्षिकाले कथित रूपमा भनेकी रहेछिन्— “तिमी उतार, नत्र हामीलाई पनि उतार्न आउँछ।” यही भनाइका कारण विरोध झन् तीव्र भएको बताइन्छ। हंगामाको सूचना पाएपछि कोतवाली प्रहरीले विद्यालय पुगेर माहोल शान्त गर्यो। अभिभावकहरूले शिक्षिकाविरुद्ध एफआईआर दर्ता गर्न माग गरेका छन्। पछि छात्राका अभिभावकहरू थानामा पुगे र कडा कारबाहीको माग गरे। बडवानी कोतवाली प्रभारी दिनेश कुशवाहाले भने, उजुरीका आधारमा आवश्यक बयान लिइँदैछ, त्यसपछि अगाडिको कारबाही हुनेछ।

     

    विद्यालय व्यवस्थापनले भनेको छ कि उनीहरूलाई शिक्षिकाविरुद्ध उजुरी प्राप्त भएको छ र घटना गम्भीर प्रकृतिको छ। भीड बढी भएकाले शिक्षिकालाई तत्काल बोलाइएको थिएन। व्यवस्थापनले जाँचपछि आवश्यक कारबाही गर्ने बताएको छ।

    नवभारत टाइम्सबाट



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP