logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

    व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

    गोरखा । नेशनल लघुवित्त वित्तीय संस्था लिमीटेड शाखा कार्यालय गोरखाले आफ्ना सदस्यहरुलाई  एकदिने व्यवसायिक बाख्रा पालन तालिम प्रदान गरेको छ ।

    यहि माघ ११ गते शुक्रबारका दिन सदस्य दिदीबहिनीहरुलाई उनिहरुको अपेक्षा अनुसार नै तालिन प्रदान गरेको हो । गोरखाको गोरखा इन होटलमा दिइएको तालिममा ५० जना भन्दाबढी सहभागि थिए ।

    भेटनरी डा. सुशील ढकालले तालिममा प्रक्षिण दिएका थिए । कार्यक्रममा संस्थाका शाखा प्रमुख सबिन न्यौपनेले स्वागत मन्तव्य राखेपछि डा. ढकालले तालीम सञ्चालन गरेका हुन् । प्रशिक्षक डा. ढकालले सहभागीहरूलाई बाख्रा पालनको क्रममा आइपर्ने समस्याहरू प्रष्ट पारी त्यस्ता समस्या समाधानको उपायहरू पनि एक एक गरी प्रष्ट पारेका थिए ।

    तालिम पश्चिात शाखा प्रमुख न्यौपानेले सम्पुर्ण सहभागीहरुलाई प्रमापत्र समेत वितरण गरेका थिए ।



    hamroserophero hamroserophero    
  • १२ माघ २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP