logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग

    • hamroserophero hamroserophero
    • २० भाद्र २०८१ बिहीबार
    प्रमुख प्रशासकीय अधिकृतको अमेरिका भ्रमण रोकेकोमा मन्त्रीसँग जवाफ माग

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले कर्मचारीको अमेरिका भ्रमण रद्द गराएकोमा आपत्ति जनाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तासँग जवाफ माग गरेकी छिन् ।

    बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण प्रतिशोधका आधारमा रद्द गरेको भन्दै आपत्ति जनाइन् ।

    उनले नगरपालिकाको मेयरको राजनीतिक आस्थाको आधारमा कर्मचारीमाथि डन्डा चलाउन पाइन्छ ? भन्दै प्रश्न गरिन् । राईले अमेरिका भ्रमणको अन्तिम समयमा आएर प्रतिशोध राखेर रद्द गर्दा कर्मचारीले कुन मनोबलले काम गर्ने भन्दै मन्त्री  गुप्तासँग जवाफ मागेकी हुन् ।



    hamroserophero hamroserophero    
  • २० भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP