logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • अर्थ मन्त्रालयद्वारा १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर

    अर्थ मन्त्रालयद्वारा १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयमा ८ जना नयाँ सहसचिव पठाएपछि जिम्मेवारी तोक्ने र हेरफेर गर्ने काम भएको हो । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् । रामप्रसाद आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ ।

    ५९ जना सहसचिव सरुवा हुँदा भन्सारका महानिर्देशक ढुण्डीराज निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णालीको प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको थियो । दीपक लामिछानेलाई वीरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकमा नियुक्त गरिएको छ । कविता रेग्मी र गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा पठाइएको छ ।

    रमेश अर्याल ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ । यसैगरी यमुना प्रधान र जनकराज शर्मा भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

    उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा हेर्ने जिम्मेवारी तोकिएको छ । मदन दाहालले अर्थमन्त्रालयकै प्रशासन महाशाखा हेर्ने जिम्मेवारी पाएका छन् ।थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखामा राखिएको छ । महेश भट्टराईले अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखामा जिम्मेवारी पाएका छन् । अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गत राखिएको छ ।

    यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।



    hamroserophero hamroserophero    
  • २ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP