logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • विराज भट्टको ‘१२ गाउँ’ पनि दसैंको फूलपातिमा रिलिज हुने

    • hamroserophero hamroserophero
    • ३० श्रावण २०८१ बुधबार
    विराज भट्टको ‘१२ गाउँ’ पनि दसैंको फूलपातिमा रिलिज हुने

    काठमाडौं । विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले दसैं फूलपातिलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेको छ । दसैं फूलपाति अर्थात असोज २४ मा अब ‘१२ गाउँ’सहित ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ पनि रिलिज हुनेछन् ।

    विराजले छोरा समीरको एक्सन लुक समेटिएको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘लामो समय देखि सिनेमा क्षेत्रमा काम गर्दै दर्शकले मलाई एक्सन फिल्ममा साथ दिदैं गर्दा नेपाली एक्सन फिल्मलाई अन्तराष्ट्रिय स्तरमा कसरी चिनाउने भन्ने मेरो चिन्तन र यसपटक १२ गाउँमार्फत मैले त्यो प्रयास गरेको छु । यसमा समीर भट्टले पनि लामो समयदेखि आफ्नो अभ्यासलाई दसौँ वर्ष एउटा तपस्वी जस्तै निरन्तरता दिएको छ । मलाई आशा छ दर्शकको माया, साथ र आशीर्वाद १२ गाउँ लाई मिल्ने छ ।’

    यो फिल्मबाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र म्युजिक भिडियो मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन् । फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।



    hamroserophero hamroserophero    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP