logo
  • २० जेष्ठ २०८३, बुधबार | Wed, 03 Jun 2026
  • ११ मौलिक तीज गीत एउटै मञ्चबाट सार्वजनिक

    • hamroserophero hamroserophero
    • २८ श्रावण २०८१ सोमबार
    ११ मौलिक तीज गीत एउटै मञ्चबाट सार्वजनिक

    काठमाडौं । हरितालिका तीज पर्वको अवसरमा ११ मौलिक गीतलाई एकैपटक सार्वजनिक गरिएको छ । आइतबार राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा सर्जकको उपस्थितीमा सामूहिक विमोचन गरियो ।

    सार्वजनिक ११ मौलिक तीज गीतमा शान्तिश्री परियारको स्वरमा ‘काली पसम की’, सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माईती’, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा ‘बाबाको आगनी’, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा ‘सारी लरक्कै’, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा ‘फेरी आयो तीज’, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा ‘कालो कपाल पारेर फरर’, उमा श्रेष्ठको स्वरमा ‘मैदानैमा ताल’, सुनिता बुढा क्षेत्रीको स्वरमा ‘चेलीलाई माइती’, सरस्वती लामिछानेको स्वरमा ‘सैनाले दिएको ऐना’, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा ‘म राम्रो कि ऊ राम्रो भन्देऊ’ र शान्तिश्री परियारको स्वरमा ‘यसपालीको तीज रमाइलो’ छन् ।

    लोक संचारकर्मी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले मौलिकताले भरिपूर्ण गीत सामूहिक रुपमा विमोचन गर्न पाउँदा खुसी लागेको उनले बताए ।

     



    hamroserophero hamroserophero    
  • २८ श्रावण २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP