logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • विहारको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो

    • hamroserophero hamroserophero
    • २८ श्रावण २०८१ सोमबार
    विहारको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो

    काठमाडौं । भारतको विहारस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ । सय जनाभन्दा धेरै घाइते भएका छन् ।

    साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ । सोहीबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

    विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ । प्रत्यक्षदर्शीकाअनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो ।

    भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ श्रावण २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP