काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा आज नेपाल र इरान भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न सवा पाँच बजे सुरु हुनेछ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले लिग चरणमा इरानबाहेक माल्दिभ्सको सामना गर्न बाँकी रहेको छ।
त्यसैगरी इरान पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भयो भने दोस्रो खेलमा श्रीलंकामाथि ३–२ को जित हासिल गरेको थियो। तेस्रो खेलमा पनि माल्दिभ्समाथि ३–० को सहज जित हासिल गर्यो।
आजको खेल दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रतिक्रिया