logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

    • hamroserophero hamroserophero
    • २० बैशाख २०८३ आईतवार
    भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

    २० वैशाख-अदानचुली (हुम्ला) । खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर रोकाया भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

    शनिबार प्रहरीले वडा सदस्य रोकाया घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए ।

    वडा सदस्य रोकायाको घरमा भरुवा बन्दुक एक थान, फलामको रडको गोली १२ थान र बारुद ११० ग्राम लुकाइछिपाइ राखेको अवस्थमा फेला पारेको उनले बताए ।

    वडा सदस्य रोकायाबारे जिल्ला प्रहरी कार्यालय सिमकोटले थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।



    hamroserophero hamroserophero    
  • २० बैशाख २०८३ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP