logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

    • hamroserophero hamroserophero
    • ८ बैशाख २०८३ मंगलवार
    गृहमन्त्री गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी

    ८ वैशाख -काठमाडौं । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ ।

    जेनजी मुभमेन्ट, नेपालले प्रहरी प्रधान कार्यालयमा निवेदन दिएको हो । यसमा जेनजी मुभमेन्टले तीन वटा आधार पनि पेश गरेको छ। पहिलो तथ्यगत आधार रहेको जिकिर गरिएको छ।

    ‘मिति २०८३ वैशाख ६ गते हामीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख भएअनुसार गृहमन्त्री श्री सुधन गुरुङमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। उहाँ पदमा बहाल रहेर आफ्नै विरुद्ध छानबिन प्रक्रिया अघि बढाउनु कन्फ्लेक्ट अफ इन्टेरेस्टको स्पष्ट उदाहरण हो,’ निवेदनमा भनिएको छ, ‘पदको ओहदामा रहेर आफ्नैविरुद्ध अनुसन्धान हुन सक्दैन भन्ने आधारभूत कानुनी सिद्धान्त र नेपालको प्रचलित कानुनविपरीत छ।’

    अर्को, कानुनी आधारमा भनिएको छ, ‘मुलुकी फौजदारी संहिताको प्रक्रिया अनुसार कुनै पनि व्यक्तिमाथि गम्भीर आरोप लागेमा निष्पक्ष अनुसन्धानका लागि तत्काल पक्राउ गर्न सकिने व्यवस्था छ। पदमा रहेर अनुसन्धान प्रभावित पार्ने कार्यले फौजदारी कसुर (इभिडेन्स ट्याम्परिङ, अब्सट्रक्सन अफ जस्टिस) समेत हुन सक्ने देखिन्छ।’

    जेनजी मुभमेन्टले दिएको निवेदनमा तेस्रो राजनीति आधार औँल्याइएको छ। जेनजी आन्दोलनाई गुरुङले नै हिंसात्मक बनाएको आरोप लगाइएको छ।

    ‘पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा समग्र जेनजी आन्दोलनलाई हाइज्याक गर्दै, उक्त आन्दोलनलाई हिंसात्मक बनाउने र राज्यविहीनताको अवस्था सिर्जना गर्ने गम्भीर आपराधिक मनोवृत्ति देखिएको छ,’ निवेदनमा भनिएके छ।



    hamroserophero hamroserophero    
  • ८ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP