logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • भूपदेव शाह रास्वपाको महामन्त्री बन्दै

    भूपदेव शाह रास्वपाको महामन्त्री बन्दै

    ७ वैशाख- काठमाडौं । भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बन्ने भएका छन् ।

    आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको हो । शाह प्रधानमन्त्री बालेन निकट व्यक्ति हुन् । यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए ।

    लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको हो । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । तर उनी पराजित भएका थिए ।



    hamroserophero hamroserophero    
  • ७ बैशाख २०८३ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP