logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • बँदेल भनेर हानेको गोली लागेर किशोरको मृत्यु, किशोरी घाइते

    बँदेल भनेर हानेको गोली लागेर किशोरको मृत्यु, किशोरी घाइते

    २ वैशाख- प्युठान, प्युठानमा शिकारीले हानेको गोली लागेर किशोरको मृत्यु भएको छ । गोली लागेर उनीसँगै रहेकी किशोरी घाइते भएकी छिन् ।

    चैत २९ गते गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा बँदेल ठानेर गोली चलाउँदा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशिल परियारको मृत्यु भएको हो । परियारसँगै रहेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी घाइते भएकी छिन् । उनको अवस्था खतरामुक्त रहेको छ ।

    प्रहरीका अनुसार गौमुखी–४ खलाबाङका २७ वर्षीय वीरेन्द्र केसीसहित चारजना शिकार खेल्न जंगल पुगेका थिए । राति करिब १०ः४५ बजे झाडी हल्लिएको र प्लास्टिक बजेको आवाज सुनेपछि जंगली जनावर भएको आशंकामा केसीले भरुवा बन्दुकबाट गोली हाने । बँदेल ढलेको ठानेर घटनास्थल पुग्दा किशोर र किशोरी घाइते अवस्थामा भेटिएका थिए ।

    प्रारम्भिक अनुसन्धानअनुसार मृतक परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई)सँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त जंगल क्षेत्रमा पुगेका थिए । उनले फोनमार्फत किशोरीलाई भेट्न बोलाएका थिए । किशोर र किशोरी सँगै रहेको बेला गोली लागेको हो । घटनापछि प्रहरीले मुख्य आरोपी वीरेन्द्र केसीलाई चैत ३० गते पक्राउ गरेको थियो ।

    उनीसँगै शिकार खेल्न गएका उनका भाइ विश्वास केसी, १९ वर्षीय रवी केसी र एक १५ वर्षीय बालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP