logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • रुबीकुमारी ठाकुर बनिन् संसारकै कान्छी उपसभामुख

    • hamroserophero hamroserophero
    • २७ चैत्र २०८२ शुक्रबार
    रुबीकुमारी ठाकुर बनिन् संसारकै कान्छी उपसभामुख

    २७ चैत- काठमाडौं, प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् ।

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनलाई उपसभामुख बनाइयोस् भनेर पेस गरेको प्रस्ताव बहुमतले पारित भएको सभामुख डोप्रसाद अर्यालले जानकारी दिए ।
    अर्यालका अनुसार सरस्वती लामोको पक्षमासंसदमा उपस्थित भएका २५७ सांसदमध्य प्रस्तावको पक्षमा जम्मा पाँच मत ,हुन्न भन्नेमा २१५ मत र प्रस्तावमा मत दिन्न भन्नेमा ३७ मत रहेकाले उनको उम्मेदवारीको प्रस्ताव अस्वीकृत भएको हो ।

    योसँगै २५ वर्षकी रुबीकुमारी संसारकै कान्छी उपसभामुख बनेकी छिन् ।उनी श्रम संस्कृति पार्टीबाट समानुपातिक प्रणालीबाट सांसद बनेकी थिइन् ।

     

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उपसभामुख पदमा सरस्वति लामालाई उठाएको थियो । नेकपा एमाले तटस्थ बसेको थियो भने अरु सबै दलले रुबीलाई समर्थन गरेका थिए ।



    hamroserophero hamroserophero    
  • २७ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP