logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • hamroserophero hamroserophero
    • २७ चैत्र २०८२ शुक्रबार
    राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    २७ चैत -काठमाडौं,  ज्ञानेन्द्र बहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए ।

    उनले भने,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि । तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं । ’

    उनले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे ।

    उनले भने,‘आजको हाम्रो उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता प्रष्ट पारेको छ । हिजो पुराना भनिएका दल र आज आज नयाँ भनिएका दलका साइन बोर्डहरु फरक भएतापनि उनीहरुबीचको नीतिगत सिद्धान्त र विचारको नाभी एकै ठाउँमा जोडिएको प्रष्ट भएको छ । संसदमा संख्या होइन भूमिका महत्वपूर्णं हुन्छ । संख्या त केवल सत्ता टिकाइराख्न र सत्ताको गोटी भरिरहन काम लाग्ने हो ।’

    त्यस्तै उनले युद्ध र प्रेममा सबै कुरा जायज हुन्छ भने राजनीतिमा आश्वासन र धोका पनि जायज हुने बताए । ।



    hamroserophero hamroserophero    
  • २७ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP