२७ चैत -काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धोका नदिएको बताएका छन् ।
पहिला उपसभामुखका लागि राप्रपालाई सहयोग गर्ने आश्वासन दिएर अन्तिममा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गरेपछि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रविले धोका दिएको बताएका थिए ।
आज सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले शाहीलाई धोका नदिएको तर अन्य फ्याक्टरहरूले काम गर्दा धोका भएको जस्तो देखिएको बताएका हुन् । राप्रपासँग अन्य कैयौं सहकार्य बाँकी नै रहेको उनको भनाइ छ ।
रविले भने, ‘राजनीतिक संवाद हुने नै छन् । सम्भावनाहरू हुनसक्छ भनेर कुराकानी किन नहुनु र रु सबै दलहरूसँग भएको हो । धोका भन्दा पनि कहिलेकाहीं अन्तिम समयमा हामीले सही निर्णय गर्ने समय आउँदा कहिलेकाहीं अन्य फ्याक्टरहरूले पनि काम गर्छन् । त्यस्तो केही होइन । सहकार्य गर्ने ठाउँ कति आउँछ आउँछ नि । ज्ञानेन्द्रजी मेरो असाध्यै राम्रो साथी हो, उहाँ सधैं साथी रहिरहनुहुन्छ । राजनीतिक सहकार्य हाम्रो कैयौं गर्न बाँकी छ । एउटा माघले कहाँ जाडो जान्छ र ?’।
प्रतिक्रिया