२४ चैत – सुनसरी, जारी माध्यामिक शिक्षा परीक्षा एसईई मा भाउजुको परीक्षा दिने नन्द पक्राउ परेकी छिन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा भाउजुको नाममा परीक्षा दिइरहेकी नन्दलाई पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले एसइई दिइरहेकी हरिनगर–६ की २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो ।
नुसरतले आफ्नै भाउजु सलमा अजहरको नाममा परीक्षा दिइरहेकी थिइन् । भोक्राहा–२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको जनाइएको छ ।
प्रतिक्रिया