logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

    • hamroserophero hamroserophero
    • २३ चैत्र २०८२ सोमबार
    राष्ट्रियसभा उपाध्यक्षमा एमाले सांसद भण्डारी निर्विरोध निर्वाचित

    २३ चैत- काठमाडौं,  राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् ।

    सोमबार बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

    भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरिन् ।

    एमाले सांसद भण्डारी, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी नेकपा लगायतका सबै दलहरूको सहमतिमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।

    उनले यसअघि संविधानसभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् ।



    hamroserophero hamroserophero    
  • २३ चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP