logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

    • hamroserophero hamroserophero
    • १३ चैत्र २०८२ शुक्रबार
    मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

    १३ चैत-काठमाडौं,  दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको भनिएको मुस्ताङ एयरको हेलिकोप्टर भेटिएको छ । सो हेलिोकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित रूपमा अवतरण भएको हो ।

    हेलिकोप्टरमा सवार पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको मुस्ताङ एयरको हेलिकोप्टर शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको थियो ।

    क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकोप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।



    hamroserophero hamroserophero    
  • १३ चैत्र २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP