logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • महानायक राजेश हमालको नाममा लाखौँ भ्रष्टाचार

    • hamroserophero hamroserophero
    • ५ चैत्र २०८२ बिहीबार
    महानायक राजेश हमालको नाममा लाखौँ भ्रष्टाचार

    ५ चैत-काठमाडौं, महानायक राजेश हमालको नाममा भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ । उनको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्रको नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

    अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।

    सोही प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।

    आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो ।



    hamroserophero hamroserophero    
  • ५ चैत्र २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP