logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • शंकर पोखरेललाई पछि पार्दैै आचार्य विजयी

    • hamroserophero hamroserophero
    • २३ फाल्गुन २०८२ शनिबार
    शंकर पोखरेललाई पछि पार्दैै आचार्य विजयी

    २३ फागुन- काठमाडौं, प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।
    नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैै आचार्य विजयी भएका हुन् ।

    सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् भने उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत प्राप्त गरे ।
    त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
    दाङ–२ मा कुल ८२ हजार ६ मत खसेको थियो ।



    hamroserophero hamroserophero    
  • २३ फाल्गुन २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP