logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक पक्राउ

    • hamroserophero hamroserophero
    • २१ फाल्गुन २०८२ बिहीबार
    अर्काको नाममा मतदान गर्न खोज्ने एक युवक पक्राउ

    २१ फागुन- रौतहट,  रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए ।

    डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

    ‘उनले वास्तवमै अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा यकिन भइसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ,’ उनले बताए ।
    निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २१ फाल्गुन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP