logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • फिर्ता लिए बाबुराम भट्टराईले उमेदवारी

    • hamroserophero hamroserophero
    • १० माघ २०८२ शुक्रबार
    फिर्ता लिए बाबुराम भट्टराईले  उमेदवारी

    ९ माघ- गोरखा,  प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तर्फबाट उमेदवार बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उमेदवारी फिर्ता लिएका छन् ।

    उनी गोरखा–२ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार थिए । आज सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै भट्टराईले उमेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    उमेदवारी फिर्ता लिनुअघि आफूलाई विभिन्न दलका व्यक्तिले साझा व्यक्तिका रूपमा रहन उपयुक्त हुने र उमेदवार बन्दै गर्दा भूमिका संकुचित हुने भनेर उमेदवारी फिर्ता लिन सुझाव दिएको उनले बताए । उनले बाहिर रहेर नै दलहरूलाई सघाउने बताए ।



    hamroserophero hamroserophero    
  • १० माघ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP