logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पूर्वराजा रानीसहित जनकपुर जाँदै

    पूर्वराजा रानीसहित जनकपुर जाँदै

    ७ माघ- काठमाडौ, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जनकपुर जाने भएका छन् । संम्बाद सचिवालयका फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा र पूर्वरानी जनकपुरधाम जाने जानकारी गराइएको छ ।

    यसअघि गत आईतबार सम्पन्न राप्रपा धनुषाको पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि विभिन्न निर्णयहरु गरेको थियो ।बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ ।

     

    राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार पूर्व राजाको आगमनलाई व्यवस्थित र भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारी तीव्र बनाएको छ ।

    ‘सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ’,

     



    hamroserophero hamroserophero    
  • ८ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP