logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • करिब २ सय ३ किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    करिब २ सय ३ किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    २९ पुष -बारा,जीतपुर सिमरा उपमहानगरपालिका-१८ बडर्वाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ३ किलो ८ सय ५० ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २४ वर्षीय निशान बहादुर सिन्चुरीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरी चौकी जैतापुर समेतबाट खटिएको प्रहरीले बिएसी २३४३ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्ने क्रममा गाडीको पछाडी भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक निशानलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP