२६ पुष काठमाडौँ, निरम कुमार शाहीको उखुमै बनायो चर्चा परिचर्चामा छ।
अहिले पछिल्लो क्रममा लोक तथा दोहोरी गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ तर युट्युबमा हेरिनेको सङ्ख्या कम भइरहेको छ। यसका बीच करिब तीन हप्ता अगाडि सार्वजनिक भएको यो गीतले युट्युब टिकटक लगायत सामाजिक सञ्जालहरूमा दर्शक श्रोताको माया भने बटुल्दै अगाडि बढिरहेको छ । शान्तिश्री परियार र निरम कुमार शाहीको स्वरमा रहेको गीतमा लोकप्रिय सर्जक रमेश परियारको लय तथा शब्द सिर्जना रहेको छ ।

रमेश परियार युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुष्प खड्का र अन्जली अधिकारीको बेजोड अभिनय रहेको छ। सुनिल बिकको निर्देशनमा तयार भएको भिडियोमा रोशन विश्वकर्माको नौलो कोरियोग्राफी रहेको छ। नवराज उप्रेतीले छायाङ्कन गरेको भिडियोलाई विनोद सुनारले सम्पादन गरेका हुन्। यस गीतलाई युट्युबमा पाँच लाखभन्दा बढी पटक हेरिएको छ।विश्वास नेपालको एरेन्ज र बिनोद परियारले मिक्सिङ गर्नुभएको गीत छोटै समयमा चर्चा परिचर्चामा रहेकोले प्रस्तुतकर्ता तथा गायक निरम कुमार शाही खुसी व्यक्त गर्नुहुन्छ। त्यसो त गायक शाहीले गीतसंगीतको क्षेत्रमा एक दशक अगाडि नै केही गीत गाइसक्नुभएको थियो।

सानैदेखि गीतसंगीतको सपना देखि यस क्षेत्रमा केही गर्छु भन्ने सोचका साथमा फेरि पनि नौलो प्रस्तुति उखुमै बनायो सार्वजनिक गर्नुभएको हो। स्वर पनि राम्रो भएका गायक शाहीको सोच पनि राम्रो रहेको छ। अहिलेको गीतको चर्चा परिचर्चा हुँदा नै अर्को गीतको तयारीमा जुट्दै हुनुहुन्छ। गीत संगीतको क्षेत्रमा मौलिकता र फरकपन गर्ने सोचका साथमा अब निरन्तर रूपमा आफ्ना प्रस्तुतिहरू आउने बताउनुहुन्छ ।
लोकसंगीततर्फ लगाव राखेर अघि बढिरहनुभएका युवा गायक निरम कुमार शाहीलाई हाम्रो तर्फबाट पनि साङ्गीतिक भविष्य उज्ज्वल रहोस् शुभकामना।
प्रतिक्रिया