logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रधानमन्त्री कार्कीका श्रीमान अस्पतालमा भर्ना

    प्रधानमन्त्री कार्कीका श्रीमान अस्पतालमा भर्ना

    २० पुष- काठमाडौं,  प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदी स्वास्थ्य समस्याका कारण चार दिनदेखि अस्पतालमा उपचाररत छन्।

     

    पिसाब संक्रमण देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक औषधि चलाइँदै आएको र हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।

    यसअघि उनलाई प्रोस्टेटसम्बन्धी समस्या देखिए पनि अहिले उक्त समस्या निको भइसकेको प्रधानमन्त्रीका निजी चिकित्सकले बताएका छन्। अस्पतालका अनुसार सुवेदीको स्वास्थ्य अवस्था स्थिर छ।



    hamroserophero hamroserophero    
  • २० पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP