logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • मधेसका मुख्यमन्त्रीले पुस ४ मा विश्वासको मत लिने

    • hamroserophero hamroserophero
    • ३० मंसिर २०८२ सोमबार
    मधेसका मुख्यमन्त्रीले पुस ४ मा विश्वासको मत लिने

    २९ मंसिर- सर्लाही, मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।

     

    सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका उनिलाई कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।

    विश्वासको मत अघि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन्। हाल सरकारमा मुख्यमन्त्री यादवसहित जनमत पार्टीका महेश प्रसाद यादव, कांग्रेसका जंगीलाल राय र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल मन्त्रीका रूपमा रहेका छन् । यद्यपि सरकारलाई समर्थन गरेका लोसपा, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टी भने हालसम्म मन्त्रिपरिषद्मा सहभागी भएका छैनन् ।



    hamroserophero hamroserophero    
  • ३० मंसिर २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP