२७ मंसिर- काठमाडौं, सरकारले चुनावको अनुकूल वातावरण नबनाएको नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। उनका अनुसार राजनीतिक गतिविधि नियन्त्रण गर्ने कदमले निष्पक्ष निर्वाचनको आधार नै कमजोर बनेको छ।
एमालेको ११औँ महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै ओलीले नेताहरूको राहदानी रोक्का, स्थानहद र निषेधाज्ञा जस्ता निर्णयप्रति असन्तुष्टि जनाए। उनले यस्ता अवस्थालाई चुनावी तयारीको संकेत भन्न नमिल्ने टिप्पणी गरे।
सरकारले दलहरूको विश्वास जित्न असफल भएको भन्दै ओलीले आन्दोलनका क्रममा हराएका हतियार फिर्ता नभएको र फरार कैदीबन्दी अझै नियन्त्रणमा नआएको उल्लेख गरे। यस्तो अवस्थामा निर्वाचन स्वतन्त्र र प्रतिस्पर्धात्मक हुन नसक्ने उनको भनाइ छ।
ओलीले मताधिकार सुरक्षित र निष्पक्ष प्रतिस्पर्धाको ग्यारेन्टी भए एमाले चुनावमा जान तयार रहेको स्पष्ट गर्दै हालको परिस्थिति चुनावका लागि उपयुक्त नभएको बताए।
प्रतिक्रिया