logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • करिब ६ सय ७८ किलो गाँजा सहित दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • २४ मंसिर २०८२ मंगलवार
    करिब ६ सय ७८ किलो गाँजा सहित दुई जना पक्राउ

    २३ मंसिर- मोरङ, रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७८ किलोग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २१ वर्षीय समेल राई र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक समेल र ट्रक साहु विक्रमलाई पक्राउ गरेको हो ।

     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २४ मंसिर २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP