२७ वैशाख- काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र इरानबीचको युद्ध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बीबीसीका अनुसार, पुटिनले यो द्वन्द्व छिट्टै अन्त्य नभए सबै पक्षले क्षति बेहोर्ने पनि चेतावनी दिए ।
‘यो एकदमै जटिल द्वन्द्व हो र यसले हामीलाई कठिन परिस्थितिमा पारेको छ, किनकी हाम्रो इरान र फारसी खाडी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध छ,’ पुटिनले शनिबार पत्रकारहरूसँग भने ।
पुटिनका अनुसार अमेरिका र इरान दुवै पक्ष यो द्वन्द्व बढाउन इच्छुक छैन ।
रुसले यसअघि सबै पक्षहरूलाई शान्ति कायम राख्न आग्रह गरिसकेको छ । रुसले इरान र अमेरिकाबीच मध्यस्थता गर्न तयार रहेको समेत बताएको थियो ।
प्रतिक्रिया