logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    ७ माघ – काठमाडौं, स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा। संगीता मिश्रालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

     

    आज न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।



    hamroserophero hamroserophero    
  • ८ माघ २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP