logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

    • hamroserophero hamroserophero
    • २७ मंसिर २०८२ शुक्रबार
    शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

    २६ मंसिर- काठमाडौं, सुर्खेत वितरण केन्द्रबाट भोलि शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी गराएको छ ।

    प्राधिकरणले एक सूचना जारी गर्दै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम चलिरहेकोले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो ।प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ ।कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन खण्डको निर्माणाधीन बाँके जिल्ला कोहलपुर नगरपालिका—१० चप्परगौडि टावर र सुर्खेततर्फ भेरीगंगा नगरपालिका–४ हर्रे–च्यामिरेबिचमा तार तान्ने कार्य हुने छ ।

    उक्त स्थानमा हाल सञ्चालनमा रहेको कोहलपुर–सुर्खेत ३३ केभी तथा ११ केभी लाइन क्रसिङ हुने हुँदा सुरक्षाका कारण लाइन बन्द गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

     



    hamroserophero hamroserophero    
  • २७ मंसिर २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP