logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • जेलबाट फरार अपराधी पप्पुसिंह पक्राउ

    • hamroserophero hamroserophero
    • २६ मंसिर २०८२ बिहीबार
    जेलबाट फरार अपराधी पप्पुसिंह पक्राउ

    २५ मंसिर- विराटनगर, जेलबाट फरार भएका अपराधी पप्पुसिंह ‘पप्पुकुमार यादव० पक्राउ परेका छन्। उनि सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि भागेका थियो ।

     

    उनिविराटनगर–१८ भेडियारी क्षेत्रमा लुकेर बसेको अवस्थामा जिल्ला प्रहरी कार्याल मोरङबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ का २९ वर्षीय यादवलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते दोषी ठहर गर्दै २४ वर्ष आठ महिना १५ दिन कैद सजाय तोकेको थियो ।

     

    फैसला कार्यान्वयनका क्रममा उनलाई कारागार पठाइए पनि गत भदौ २४ गते जेनजी आन्दोलनमा मौका छोपेर फरार भएका थिए । फरारपछि उनी विराटनगर आसपासका क्षेत्रमा लुकेर बसेको प्रहरीको अनुमान लगाएको थियो । लामो निगरानी र विशेष सुराकीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। प्रहरीका अनुसार उनी विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न छन् ।



    hamroserophero hamroserophero    
  • २६ मंसिर २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP