logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ५’ कात्तिक १ मा

    • hamroserophero hamroserophero
    • ६ भाद्र २०८१ बिहीबार
    माल्दिभ्समा पहिलोपटक नेपाली फिल्म, ‘छक्कापञ्जा ५’ कात्तिक १ मा

    काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्समा नेपाली फिल्मको नियमित प्रदर्शन हुने भएको छ । नेप-फिल्म्सले पहिलोपटक प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ लाई त्यहाँ रिलिज गर्न लागेको हो ।

    कात्तिक १ गते (अक्टोबर १७)मा दीपकराज गिरी र वर्षा सिवाकोटी स्टारर फिल्म प्रदर्शन हुन लागेको वितरक रमेश ढकालले जानकारी दिए । माल्दिभ्समा अबदेखि नियमित नेपाली फिल्म रिलिज गर्ने उनको तयारी छ ।

    माल्दिभ्सका दुईवटा हलमा फिल्म रिलिजबारे नेप-फिल्म्स र स्थानीय स्वाक सिनेमाबीच सहमति जुटेको छ । जसअनुसार माल्दिभ्सको राजधानी माले र हलह्युमेल टापु सहरस्थित हलमा पनि फिल्म रिलिज हुन लागेको ढकालले जानकारी दिए ।

    परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार माल्दिभ्समा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन् ।



    hamroserophero hamroserophero    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP