logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • दाङमा बाढीले दुईवटा अटोरिक्सा बगायो, दुईजना बेपत्ता, चालकको उद्धार

    • Uddav Kumal Uddav Kumal
    • १९ श्रावण २०८१ शनिबार
    दाङमा बाढीले दुईवटा अटोरिक्सा बगायो, दुईजना बेपत्ता, चालकको उद्धार

    दाङ । दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ ।

    तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर–४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय ५५ वर्षीया सीता आले र सुर्खेत घर भई सोही ठाउँ बस्ने १६ वर्षीया मन्जु खड्का रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    चालकको उद्धार

    यसैबीच दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलाको बाढीले गएराति तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१स २३५७ नम्बरको अटोरिक्सा बगाएको छ ।

    ढीले बगाएका तुलसीपुर–७ प्रसेनी घर भएका चालक २२ वर्षीय दुर्गा पुनको राति नै उद्धार गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए। अत्यधिक वर्षाका कारण कालाखोलामा बाढी सडकमाथि भएर बगेको थियो ।



    Uddav Kumal Uddav Kumal    
  • १९ श्रावण २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP