logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • पूर्वमन्त्री खड्कालाई रिहा गर्न आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

    • hamroserophero hamroserophero
    • ३ बैशाख २०८३ बिहीबार
    पूर्वमन्त्री खड्कालाई रिहा गर्न आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

    ३ वैशाख – काठमाडौं। नेपाली काँग्रेसका नेता एवम् पूर्वउर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न अदालतले आदेश दिएको छ । आज सर्वोच्च अदालतले खड्कालाई रिहा गर्न आदेश दिएको हो ।

    पत्नी विनिता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटउपर सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

    अदालतले खड्कालाई विदेश जान भने अदालतको अनुमति लिनुपर्ने अर्को आदेश गरेको छ ।

    खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो।



    hamroserophero hamroserophero    
  • ३ बैशाख २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP