logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • गृहमन्त्री गुरुङसँग २ करोड ७४ लाखको सेयर, ८९ तोला सुन

    • hamroserophero hamroserophero
    • २९ चैत्र २०८२ आईतवार
    गृहमन्त्री गुरुङसँग २ करोड ७४ लाखको सेयर, ८९ तोला सुन

    २९ चैत- गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार चितवनको भरतपुर–१८ मा ३० काट्ठा र गोरखाको चुमनुब्री–३ मा २२१ रोपनी जग्गा रहेको छ ।

    त्यसैगरी धनकुटाको कार्कीछापमा १९ रोपनी जग्गा रहेको छ । गुरुङसँग ८९ तोला सुन रहेको छ । गुरुङको सम्पत्ति विवरणअनुसार ६ किलो चाँदी रहेको छ भने नगद करिब ६० लाख रुपैयाँ रहेको छ ।

    उनले देखाएको विवरणअनुसार नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ रुपैयाँ, लक्ष्मी सनराई बैंकमा ५ लाख ३५ हजार ४ सय र सानिमा बैंकमा १ हजार ५७४ रुपैयाँ रहेको छ । यो नगद आम्दानीको स्रोत भने उल्लेख गरेका छैनन् । सुनमा भने पैत्रिक सम्पत्ति भनेका छन् ।

    मन्त्री गुरुङसँग सेयर पनि निकै रहेको छ । उनले गरेको लगानीअनुसार होप होल्डिङमा उनको ३० हजार कित्ता अर्थात ३० लाख रुपैयाँ बराबरको सेयर रहेको छ । यो सेयर उनले व्यवसाय र पैत्रिक भनेर उल्लेख गरेका छन् ।

    त्यसैगरी, उनले लगुम प्रिमियमा ५७ हजार कित्ता सेयर ५७ लाख रुपैयाँको सेयर रहेको छ । उनले सेयर कारोबार रकम भनेर २ करोड ७४ लाख ५६ हजार रुपैयाँ रहेको पनि उल्लेख गरेका छन् ।

    सम्पत्ति विवरणअनुसार गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम रहेको छ ।



    hamroserophero hamroserophero    
  • २९ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP