logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न निर्देशन

    • hamroserophero hamroserophero
    • १५ चैत्र २०८२ आईतवार
    बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न निर्देशन

    १५ चैत- काठमाडौं, अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई २४ घण्टाभित्र एप र वेबसाइट बन्द गर्न निर्देशन दिएको हो ।

    सरकारको निर्देशनसँगै बेटिङ बन्दका लागि ‘अपरेटर्स’हरुलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको छ ।

    मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो ।



    hamroserophero hamroserophero    
  • १५ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP