logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज २.४१ अंकले बढ्यो शेयर बजार

    • hamroserophero hamroserophero
    • ११ फाल्गुन २०८२ सोमबार
    आज २.४१ अंकले बढ्यो शेयर बजार

    ११ फागुन- काठमाडौं, साताको दोस्रो दिन सोमबार शेयर कारोबार २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको छ।

     

    आज नेप्सेको सेन्सेटिभ इण्डेक्स १.६५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले उकालो लागेको छ। सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन आइतबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३२९ वटा स्टकको ५६ हजार ३४७ पटकको कारोबारबाट ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख २१ हजार कित्ता शेयर किनबेच भएको छ।



    hamroserophero hamroserophero    
  • ११ फाल्गुन २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP