logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नेकपाका महासचिव कट्टेल पक्राउ

    • hamroserophero hamroserophero
    • ६ फाल्गुन २०८२ बुधबार
    नेकपाका महासचिव कट्टेल पक्राउ

    ६ फागुन -काठमाडौं,  नेकपाका महासचिव ॠषि कट्टेल पक्राउ परेका छन्। प्रहरीले कट्टेललाई आज काठमाडौँबाट  पक्राउ गरेको हो ।

    ७५ वर्षीय कट्टेल फागुन २१ गतेको निर्वाचन बिथोल्ने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

    कट्टेलको पार्टीले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ। प्रहरीले कट्टेलसँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ गरेको छ ।

    यसअघि प्रहरीले हिजो नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि पक्राउ गरिसकेको छ।



    hamroserophero hamroserophero    
  • ६ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP